चीन सन् २०२८ सम्ममा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने एक अध्ययनले देखाएको छ। यसअिघ गरिएको आँकलन भन्दा पहिले नै चीनले अमेरिकालाई उछिनेर विश्वको शक्तिशाली अर्थतन्त्र बन्ने देखिएको हो ।

बेलायतको सेन्टर फर इकोनोमिक्स एण्ड बिजनेश रिसर्च (सिइबिआर) ले सार्वजनिक गरेको प्रतिवेदनमा चीनले कोरोना भाइरस महामारीको सीपपूर्ण रुपमा गरेको व्यवस्थापनले उ आर्थिक रुपमा परेको प्रभावबाट अमेरिका र युरोपका देशहरु भन्दा राम्रोसँग माथि उठेको उल्लेख छ ।

प्रतिवेदन अनुसार भारत सन् २०३० सम्ममा विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने छ ।

सिइबिआरले हरेक वर्ष डिसेम्बर २६ मा वार्षिक इकोनोमिक लिग टेबल सार्वजनिक गर्छ । कोरोना भाइरसको महामारीका कारण विश्वभरको अर्थतन्त्र प्रभावित भएको छ ।

सबैभन्दा पहिले महामारीबाट प्रभावित भएको चीनले व्यवस्थापन राम्रोसँग गर्न सफल भएको र त्यसबाट परेको आर्थिक प्रभावबाट पनि माथि उठेको उल्लेख छ ।

चीनले सीपपूर्ण व्यवस्थापनबाट आर्थिक तरलताको अवस्था आउनबाट बचेको प्रतिवेदनमा उल्लेख छ । २०२० मा चीनले दुई प्रतिशतको आर्थिक वृद्धि हाँसिल गर्न सक्ने समेत उल्लेख छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार