नवनियुक्त उर्जा मन्त्री टोपबहादुर रायमाझीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) देशको पक्षमा रहेको बताएका छन् ।

मन्त्री पद बहालीको क्रममा मन्त्री रायमाझीले एमसीसी सम्बन्धित देशको पक्षमा भएको बताउँदै त्यसबारे विवाद सिर्जना गर्नेभन्दा पनि कार्यान्वयनको पक्षमा सहयोग गर्न आग्रह गरे।

मन्त्री रायमाझीले लक्ष्यअनुसार मुलुकको समृद्धि र विकासको पक्षमा परिणाम आउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिए।

उनले भने, ‘हामी ऊर्जामा अझै पनि आत्मनिर्भर हुन सकेका छैनौं तर पनि निर्यातको क्षेत्रमा अगाडि बढिरहेका छौँ, देशको विकास र समृद्धिलाई अगाडि बढाउन ऊर्जा क्षेत्रका सम्भावनालाई अगाडि बढाउनुपर्ने छ।’

मन्त्री रायमाझीले आगामी दिनमा ऊर्जा उत्पादन र खपत बढाउँदै जाने योजना सुनाए।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार