नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउले नेपाली सुरक्षाकर्मी लिएका छैनन् । आफ्नैं सुरक्षासहित आएका उनले नेपालमा उच्चस्तरीय भेटघाट गर्नेछन् ।

चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउसहित चार सदस्यीय टोली आइतबार मध्यान्ह त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् ।

एयर चाइनाको फ्लाईटमार्फत नेपाल आएका गुओ योझाउको टोली विमास्थलबाट नेपाली सुरक्षाकर्मी नलिइकन निस्केका हुन् । उपमन्त्रीको टोलीले आफ्नै तरिकाले भेटघाट गर्ने भन्दै सुरक्षा नलिएको गृहमन्त्रालयका एक उच्च अधिकारीले  बताए ।

‘सुरक्षाबारे दूतावासमा चासो राख्दा अहिले आवश्यक नपर्ने बताउनुभएको छ’ गृहमन्त्रालयका ती अधिकृतले भने–‘भ्रमण तालिका पनि सार्वजनिक गर्नुभएको छैन ।’

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी विभाजन भएर दुई समुह बनेको बेला भएको चिनियाँ टोलीको भ्रमणलाई चासोका साथ हेरिएको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार