विप्लव नेतृत्वको नेकपाले संखुवासभामा प्रहरी र विप्लव नेकपाबीच भएको दोहोरो भिडन्त भएको भन्ने प्रहरीको स्रोतमा आधारित समाचारलाई खण्डन गरेको छ ।

विप्लव नेकपा प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डद्धारा जारी विज्ञेप्तीमा संखुवासभा सेक्रेटरी युवराज राईको घरमा प्रहरी पुगेर घरपरिवारलाई यातना दिइएको बताइएको छ ।

ओली सरकारले नक्कली भिडन्तको नाममा सर्वसाधारण जनतामाथि दमन अभियान चलाउने यस्तो कुप्रचार गरेको विज्ञेप्तीमा उल्लेख छ ।

सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको नीति नरहेको तर आफुहरुमाथि आक्रमण भएको त्यसको प्रतिरोध गर्ने प्रवक्ता प्रकाण्डले चेतावनी दिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार