
गत साता फुटेको सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी(नेकपा)लाई मिलाउन चिनियाँ दौडधुप काठमाडौंमा जारी छ ।
आइतबार नेपाल भ्रमणमा आएको चिनियाँ टोलीले उच्चस्तरीय भेटघाट जारी राखेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको टोलीले नेकपाका प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन्।
सोमबार बिहान चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ यैचौ नेतृत्वको टोली प्रचण्ड भेट्न खुमलटार पुगेका छन्। उक्त चिनियाँ टोलीले आइतबार बेलुकी प्रधानमन्त्री केपी शर्मा ओली र आइतबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको थियो।
प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेको र त्यसपछि नेकपाभित्र आन्तरिक विवाद बढिरहेका बेला चिनियाँ टोली नेपाल आएको छ।
सत्ताधारी नेकपालाई मिलाउने उदेश्य लिएर सो टोली आएको हो । टोलीले आजै नेता माधव नेपाललाई समेत भेट्दैछ।







