नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहित चार साना कम्युनिस्ट घटकहरुले दलाल तथा प्रतिक्रियावादी व्यवस्थामा आएको संकटलाई फासिवादी तरिकाले समाधान गर्न संसद विघटन गरेको बताएका छन् ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन बैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९क्रान्तिकारी माओवादी०, ऋषिराम कट्टेलको नेपाल कम्युनिस्ट पार्टी र आहुती नेतृत्वको वैज्ञानकि समाजवादी कम्युनिस्ट पार्टीले अहिले देशको विद्यमान संकट संसद पुनस्र्थापना नभएर वैज्ञानिक समाजवाद स्थापनाका लागि संघर्ष केन्द्रीत गर्नु पर्ने उल्लेख गरेका छन् ।
विप्लव, वैद्य, कट्टेल र आहुतीले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै रणनीतिक मोर्चाको अवधारणा, संरचना र आगामी कार्यक्रम चाडै सार्वजनिक गर्ने जनाएका छन् ।
केपी ओलीको कदम निरंकुश एवं फासीवादी केपी ओली सरकार र उनको पार्टीको आन्तरिक मामिला नभएर दलाल तथा प्रतिक्रिायावादी संसदीय व्यवस्थाको असफलताको द्योतक भएको चार पार्टीको धारणा रहेको छ ।








