ok

नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड-नेपाल) पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली वैशाखसम्म प्रधानमन्त्री रहने र त्यसपछि पत्तासाप हुने बताएका छन्।

‘ओली वैशाखबाट प्रधानमन्त्री हुन्नन्। त्यसपछि पत्तासाप,’ भृकुटीमण्डपमा आज आयोजित विरोध सभामा प्रचण्डले भने, ‘आजको नेपाल र विश्वमा श्री ३ महाराजाधिराज हुन्छु भनेर हुन्छ?’

उनले कम्युनिष्ट पार्टी फुटिसकेको पनि बताएका छन्।

ओलीले असंवैधानिक कदम चालेकोले जनताले संघर्षबाटै सच्याउनुपर्ने बताएका छन्।

प्रतिगमन नसच्चिएसम्म संघर्ष गरिराख्ने प्रचण्ड बताउँछन्।

‘अझै जरूरी परे कठोर संघर्ष हुन्छ तपाईंहरू तयार नै रहनुहोला,’ प्रचण्डले कार्यकर्तालाई भने।

अदालतले ओलीले चालेका असंवैधानिक कदम सच्याउने भरोसा आफूहरूले गरेको उल्लेख गरेका प्रचण्डले तर सडकबाट संघर्ष भने अन्तिमसम्म पनि छाड्न नहुने बताएका छन्।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार