काठमाडौं आएको चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी) का अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येचौको टोली बुधबार बिहान फर्किएको छ । गत आइतबार बिहान भित्रुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पीपीईसहित उत्रिएको येझाउको टोली बुधबार बिहान पीपीई नै लगाएर फर्किएको छ ।

बालुवाटारस्थित चिनियाँ राजदूतावासबाट येझाउको टोली ११ सीडी ०२ नम्बरको गाडीमा बिहान ९ बजे चढेको थियो । उक्त टोली ९ः१३ बजे विमानस्थलमा पुगेको थियो । नेकपा ओपचारीक रुपमा फुटको संघारमा पुगेको बेला मिलाउने अन्तिम प्रयासमा आएको उक्त टोली फर्कने बेलामा कुनै उत्साह नबोकी फर्केको कुटनीतिक क्षेत्रका जानकारहरु बताउँछन्।

नेकपा जोड्ने मिलनविन्दू खोज्नका लागि आएको येचौको टोली केपी ओलीलाई मनाउने गरि मिलनविन्दू खोज्न नसकेरै फर्किएको हो । तत्कालका लागि यो प्रयास असफल भएको बुझिएको छ ।

टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाललाई भेटेर पार्टी एकताका लागि जोड गरेको थियो । तर ओलीले अति गरेको भन्दै प्रचण्ड–नेपालले समेत चिनियाँ सुझाव ग्रहण गर्न नमानेको बुझिएको छ । येचौ नेपाल भ्रमणमा रहेकै बेला प्रचण्ड नेपाल समूहले देशैभर शक्ति प्रदर्शन गरेको थियो।

आइतबार आएको टोली चौथो दिनमा फर्किदा राम्रो सन्देश बोकेर जान नपाएको बुझिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सल्लाह नै नगरी आफ्नो इगो पूरा गर्न असंवैधानिक कदम चाल्दै संसद विघटन गरेपछि प्रचण्ड–नेपाल पक्षले छुट्टै केन्द्रीय कमिटी बैठक डाकेर ओलीलाई कार्वाही गरेको थियो ।

तर ओलीले पनि छुट्टै केन्द्रीय कमिटीमार्फत आफ्नो पार्टीका गतिविधि संचालन गरेका छन् । नेकपा एकताका लागि तत्कालीन एमाले र माओवादी केन्द्रलाई जोडाउन सफल भएको चीनले पटक पटक पार्टीमा आएका उतारचढावलाई नेपालका लागि चिनियाँ राजदू हाउ यान्छीले मिलाउँदै आएकी थिइन् ।

यसपटक उनको प्रयाससमेत असफल भएपछि टुक्रिएको नेकपा मिलाउन आएको भनी चिनियाँ टोली पनि असफल भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार