नेकपा ओली समूहका नेता लेखराज भट्टले पुष्पकमल दाहाल प्रचण्डले राती सुत्दा पनि प्रधानमन्त्री देख्ने गरेको आरोप लगाएका छन् ।

ओली समूहले बुधबार आयोजना गरेको सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दै भट्टले केटाकेटीले जिद्धी गरे जसरी प्रधानमन्त्री चाहियो भनेर माइतीघर मण्डलामा लडिबुडी गरेको बताए । उनले अघि भने, ‘राति सुत्दा पनि प्रधानमन्त्री नै देख्छन् ।’

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आम चुनावपछि प्रधानमन्त्री र महाधिवेशनपछि अध्यक्ष पद छाड्छु भन्दा पनि प्रचण्ड र माधवकुमार नेपाललगायतले धैर्य गर्न नसकेको बताए । नेताहरुमा बिचलन आएको उनले दाबी गरे ।

प्रधानमन्त्री ओलीको नेतृत्वमा समृद्ध नेपालको सपना देखेको पनि उनले बताए।

भट्टले सडकमा गएर पार्टी एकता नहुने पनि बताए। ओलीले निर्वाचन गराएर सत्ता हस्तान्तरण गर्ने आँट गरेको उनको भनाइ छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार