
प्रधानमन्त्री केपी ओलीले प्रचण्डलाई युद्धकालमा साथ दिएका कालीबहादुर खामहरु कता गए भन्दै प्रश्न गरेका छन् ।
प्रचण्डले जनयुद्ध लड्ने लडाकु र कार्यकर्तालाई वेवास्ता गर्दा उनलाई धेरैं साथ छोडेको ओलीको आरोप छ ।
केपी ओली समूहले बबरमहलमा आयोजना गरेको सुदूरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलामा ओलीले यस्तो बताएका हुन् ।
उनले माओवादी नेता र मन्त्री भइसकेका लोकेन्द्र विष्टको मन समेत प्रचण्डले भाँचेको आरोप लगाए ।
ओलीले भने,“प्रचण्डले लोकेन्द्रको मन भाँचे । नत्र उनले किन कालो धान, ड्रागन फुड किन रोप्थे । युद्धका लडेकाहरुको शरीरमा गोली अझै छन् । प्रचण्डलाई उनीहरुको पीडा के थाहा ।”







