
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले हिजो दिउँसो पुष्पकमल दाहाललाई व्यक्तिगत रुपमा उत्रिएर गाली गरे ।
सुदुरपश्चिम क्षेत्रका कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा उनले जति धुँधा पनि प्रचण्डलाई सफा बनाउन नसकेकोदेखि छोरीलाई मेयर बनाउन मतपत्र च्याँतेकोसम्मका आरोप लगाए ।
उनै ओलीले साँझ प्रचण्डलाई फोन गरेर प्रचण्डपत्नी सीताको स्वास्थ्यलाभको कामना गरेका छन् । बुधबार साँझ उनले प्रचण्डलाई फोन गरेको ओलीको सचिवालयले जनाएको छ ।







