केपी ओलीसँग अलग भएको केही समय बित्न नपाउँदैं प्रचण्ड र माधव नेपाल समुहको नेकपापनि दुई गुटमा विभाजित भएको बताइएको छ ।

पूर्व माओवादी समूह र पूर्व एमालेको समूहमा स्पष्ट दुई गुट देखिएका छन् । पूर्व एमालेबाट माधवकुमार नेपालले नेतृत्व गरिरहेका छन् भने पूर्व माओवादीबाट प्रचण्डले नै नेतृत्व गरिरहेका छन् ।

तत्कालिन एमालेका युवा तथा प्रभावशाली नेताहरुसहितको प्रचण्ड नेपाल समूह बनेपछि पार्टीभित्र स्पष्टै दुई गुट सञ्चालन हुने अवस्था आएको हो । तत्कालिन एमालेका नेताहरु विभाजनपछि पनि पहिला आफ्नो समूहका नेताहरुसँग छलफल गरेपछि मात्रै आफ्ना धारणा बनाउन थालेका छन् । उनीहरुले माधव नेपाल र झलनाथ खनाल दुवैलाई भेटघाट गरेर अघि बढ्ने निकर्ष निकाल्दै बैठक र भेलाहरु गरिरहेका छन् ।

पूर्व माओवादीहरुले पनि यतिबेला आफ्नो समूहलाई मात्रै बैठक भेलामा बोलाउने गरेका छन् । उनीहरुले पूर्व एमालेलाई बोलाउने गरेका छैनन् । पार्टी एकिकरण भएको तीन वर्षसम्म घुलमिल हुन नपाई विभाजन भएपछि पूर्व एमाले र पूर्व माओवादी समूह आ–आफ्नै समूहबाट सञ्चालित हुन थालेका छन् ।

शीर्ष नेताहरुमा समस्या नभएपनि केन्द्रीय कमिटीको तहसम्म आइपुग्दा स्पष्टै दुई वटा गुटका भेला र छलफल दुवै फरक फरक ठाउँमा हुने गरेका छन् । पूर्व एमालेको तर्फबाट गरिने प्रारम्भिक छलफल भने वानेश्वरको अर्याल होटलमा हुने गरेको छ । पूर्व माओवादीको भने सिधै प्रचण्ड निवास खुमलटारमा हुने गरेको छ ।

दुवै समूहको आपसी छलफलपछि मात्रै शीर्ष बैठकमा एजेण्डा तय हुने गरेको छ । ‘दुवै समूहले आफ्नो आफ्ना निकट नेताहरुसँग छलफल गरेर मात्रै बैठकमा सहभागी हुने गरेका छन’, प्रचण्ड नेपाल निकट रहेका एक नेताले भने । उनका अनुसार यस्तै अवस्था आए प्रचण्ड-नेपाल समूहमा असन्तोष पैदा हुनेछ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार