केपी ओलीको संसद विघटन असंवैधानिक भएको भन्दै २३ वाम राजनीतिक दलहरुले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका छन् ।
मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), मोहनविक्रम सिंहको नेतृत्वमा रहेको नेकपा (मसाल)लगायत २३ दलीय मोर्चाको आयोजनामा प्रदर्शन भएको छ ।
मोर्चाले माइतीघरदेखि प्रधानमन्त्री केपी ओलीविरुद्ध नारावाजी गर्दै नयाँ बानेश्वर पुगेका छन् । उनीहरुले संसद विघटनलाई ‘प्रतिगमन उन्मुख फासीवादी कदम’ भनेको छ ।
यी २३ दलीय वाम राजनीतिक घटकले ओलीको कदम फासिवादी भएको र आजको संकटको निकास जनगणतन्त्र र वैज्ञानिक समाजवाद भनेको छ ।








