नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज भारत गएका छन् ।

पत्नी सीता दाहालको उपचारको लागि प्रचण्ड भारतको मुम्बई गएको उनका  प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । उनका अनुसार सीताको भारतको मुम्बईस्थित ‘न्यूरोगेन ब्रेन एण्ड स्पाइन इन्स्टिच्युट’ मा उपचार गरिने छ ।

अक्ष्यक्ष दाहालसँगै  छोरीहरु गंगा दाहाल र रेणु दाहाल पनि गएका छन् ।

पार्किन्सन रोगबाट पीडित सीताको स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको थियो।

सीतालाई केही समययता पार्किन्सन रोग छ । उनको देशभित्र उपचार हुँदै आएको छ ।

नेकपा विभाजनपछि चीनको भुमिका निकै खुलेको छ । तर, नेपालको रानीतिमा प्रभाव राख्ने भारतको पनि चासो छ ।

प्रचण्डप्रति भारत सकारात्मक नभइरहेको देखिइरहँदा उनी उतै जान लाग्नुलाई भने अर्थपूर्ण मानिएको छ । भारतमा रहँदा प्रचण्डले राजनीतिक भेटघाट गर्ने नगर्ने खुलिसकेको छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार