
संसद विघटन गर्नुपर्ने अवस्थामा किन केपी पुगे ? यसका कारणहरु नेपाली राजनीतिको सतहमा प्रष्टै छन् ।
आन्तरिक कलह, अन्तराष्टिय शक्तिकेन्द्र मुलत भारत र अमेरिकाबीचको छिनाझप्टी र अस्थितारमा फाइदा उठाउने मुनाफाखोर नोकरशाही दलाल पुँजीवादको दाउ । पहिलो आन्तरिक कलह नैं हो । केपी र प्रचण्डबीच आधा आधा भाग लगाएर खाने कुरा मिलेन । कमिसनखोर, दलाल र माफियाहरुको स्वार्थ मिलेन । ओलीले यति होल्डिनसलाई बढाए । अरु घराना माफियाले खान पाएनन् । यसरी माउतेहरुको आन्तरिक कलह बन्यो ।
दोस्रो कारण अन्तराष्टिय शक्तिकेन्द्रको झगडा बन्यो । यद्देपी यो विषयलाई अहिले नितान्त राजनीतिक विश्लेषणको आधारमा हेर्न सकिन्छ तथापि के स्पष्ट छ भने अमेरिकी चासो नेपालमा जसरी पनि औंपचारिक रुपमा सैन्य उपस्थिति गराउनेमा देखिन्छ । सके अमेरिकी सेना नसके अस्टेलिया, जापान या दक्षिण कोरियाली सेना नेपालमा राख्ने र अमेरिकी नेतृत्वमा परिचालन गर्ने देखिन्छ ।
तेस्रो कारण हो माओवादी आन्दोलनको नामनिशान मेट्ने अभियान हो । माओवादी आन्दोलनको मटियामेट बनाउनु भनेको समाजवादको अन्त्य गर्ने चेष्टा हो । नेपाली जनतालाई सधैभरि कंगाल बनाउने, अशिक्षित जनताको प्रतिरोध नहुने अवस्था सिर्जना गर्ने र देशको ब्रह्मलुट गर्ने अभियानमा नेपाली सेनाको एउटा हिस्सा सम्पूर्ण हिसाबले लागेको छ ।
इरातोखबरमा व्यक्त विचारको सानो अंश ।







