भारतमा रहँदा प्रचण्डले केही महत्वपूर्ण भेटवार्ता गरेको अपुष्ट खबर आएको छ । उनले भारतको संस्थापन पक्षका केही व्यक्तिहरुसँग भेटघाट गरेको बुझिएको छ ।

प्रचण्डले भारतमा रहँदा क कस्लाई भेटे भन्नेबारे बालुवारले निकै चासो राखिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र पूर्वमन्त्री गोकुल बाँस्कोटाले भारतमा रहँदा प्रचण्डले राजनीतिक भेटहरु गरेको आशंका गरेका छन् । उनले सामाजिक सञ्जालमा प्रचण्डले देशविरुद्ध तानाबाना बुन्ने काम गरेर फर्किएमा राजनीतिक शक्तिसंघर्षले कष्टकर बाटो समाउने चेतावनी समेत दिएका छन् । यो प्रचण्डको भारत भ्रमणप्रति बालुवाटारको आशंकाको संकेत पनि हो ।

अहिले नेकपाभित्र विदेशी चासो र प्रभाव छिपेको छैन । चिनियाँ पक्षले नेकपा मिलाउने र विवाद समाधान गर्ने प्रयास गर्दै आएको छ । चिनियाँ टोली नै नेपाल आएर खुल्ला र भित्री रुपमा सक्रिय रह्यो । नेकपा विभाजनसँगै चीन र भारतको साथ खोज्ने कसरत पनि भएको छ । यसमा ओली र प्रचण्ड दुवै समूह सक्रिय भइरहेको छ ।

प्रचण्डको भारत भ्रमण नितान्त पत्नीको स्वास्थ्योपचारमा सिमित नहुने उनको लामो भारत बसाईंले पनि देखाइरहेको छ । यही बेलामा भारतले कस्को पक्ष लिने या नलिने विषयमा बहस चल्न थालेको छ । प्राध्यापक थपलियालले नेकपाको राजनीतिक किचलोमा कसैको पक्ष लिन नहुने सुझाव दिएकी छिन् ।

पूर्व विदेशसचिव श्यामशरणले केही दिन अघि लेखमार्फत् ओलीलाई साथ दिन नहुने भन्दै घुमाउरो तरिकाले प्रचण्डलाई नै साथ दिनुपर्ने भनेका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार