
नेपालबारे भारतीय विज्ञ एस डि मुनिले केपी ओलीले ताजा जनादेशमा जाने निर्वाचनको घोषणालाई भारले खुलेर समर्थन गरेको दावी गरेका छन् ।
भारतीय पत्रिका हि हिन्दुस्तान टाइम्समा एक लेख लेख्दै मुनिले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद, त्यसलाई मिलाउन चीनले खेलेको भूमिका र पछिल्लो समयमा दुई देशको विचमा भइरहेका विभिन्न तहको भ्रमणको विचमा भारतले नेपालका हिन्दुवादीको आन्दोलनलाई मलजल गरिरहेको उल्लेख गरेका छन् ।
उनले नेपालमा राजावादी र राजनीतिक दलहरुको नयाँ राजनीतिक समीकरण बनाउने प्रयास भएको समेत उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘यी सबै घटनाक्रमको विचमा भारत अहिले नेपालमा ताजा जनादेशको पक्षमा खुलेर आएको छ ।’
उनले भनेका छन्,‘यी सबै घटनाक्रमले भारतलाई नेपालमा एक गैरप्रजातान्त्रिक, असंवैधानिक र अवसरवादी प्लेयरको रुपमा चित्रित गर्नेछ र साउथ ब्लकका रणनीतिकारले भने यसलाई ठूलो उपलब्धी पाउन चुकाइएको थोरै मूल्यको रुपमा सोचेका छन् ।’
उनले नेपालमा पछिल्लोपटक भारतले निकै होसियारीपूर्वक र कौशल ढंगले कार्ड खेलेर आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने रुपमा प्रस्तुत गर्न खोजेको समेत उल्लेख गरेका छन् ।







