सत्तारुढ नेकपाको विग्रिएको आन्तरिक राजनीति उथलपुथल बनिरहेको बेला ठूलो चिनियाँ टोली नेपाल भित्रिएको बताइएको छ ।

शनिवार १३ सदस्यीय चिनियाँ टोली नेपाल भित्रिएको सुरक्षा स्रोतले जनाएको छ। शनिवार साढे ११ वजे दुवईबाट नेपाल एयरलाइन्सको जहाजमा १३ जना चिनियाँहरु नेपाल भित्रिएका हुन् । उनीहरु ठमेलको होटल एलफमा बसेका छन् । शनिवार आएका चिनियाँहरुमा काओ झिजिङ, फेङजी, लीउ होगंछुन, ली यू, लीयू छेंग, पेग होंग, साओ जुआन जुआन, तान लान, रेनकाङंग, तोङ वेनरोङ्गमाल, यानमिंग क्वी, यूआन जुपिंग र झ्या मुयान रहेका छन् ।

केही दिनअघि चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारी यचौ नेपाल आएका थिए। त्यसबीचमा अन्य दुई टोलीमा पनि नेपालमा सक्रिय रहेको थियो। अब थप टोली नेपाल आएको छ । यो टोलीले थप आफ्नो पक्षमा हुनेगरि नेपालको राजनीति मिलाउने प्रयास अनुमान राजनीतिक वृत्तमा गरिएको छ। यसको नतिजा केहि दिनको राजनीतिक घटनाक्रमले देखाउने नै छ।

सत्तारुढ नेकपाको एकिकरणमा जोड दिन आएको टोलीले नेकपाका नेताहरुलाई नेतृत्व व्यवस्थापनका लागि सुझाव पनि दिएको छ। यसका लागि प्रधानमन्त्री केपी ओलीलाई दुई पदमध्ये एक पद छोड्न लगाई प्रचण्डलाई केन्द्रीय समितिमा ओली विरुद्ध पेश गरेको आरोप पत्र फिर्ता लगाउन पनि चीन लागिपरेको छ। तर ओली नै यसमा राजी नभएपछि चीन अलि हच्केको छ।

दोस्रो प्रस्ताव नमानिएको अवस्थामा निकट भविष्यमा हुने चुनावमा कार्यगत एकताको रुपमा सहकार्य गर्न चीनले मनाउने प्रयास गरिरहेको बुझिएको छ ।

योसँगै नेकपा मिल्ने अवस्था नआएको अवस्थामा चीन निकट रहेका प्रचण्ड र माधव नेपाललाई एक ठाउँमा राखि कम्युनिष्ट विचारधारा अगाल्ने अन्य दलहरुलाई ग्रेटर सोसलिष्ट सेन्टरका रुपमा कार्यगत एकता गराउने अभियानमा चीन गृहकार्यमा लागेको छ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार