नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज एकलै स्वदेश फर्कंदैछन् ।

यही २० पुसमा पत्नी सीताको उपचारका लागि भारत गएका उनी अशबिनार साँझ काठमाडौं फर्कने उनको सचिवालयले जनाएको छ ।

अस्वस्थ्य भएपछि भारत लैजानु केही दिनअघि सीतालाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।

स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि सीतालाई पाँच दिन अगाडि भारतको मुम्बई लागिएको हो ।

अध्यक्ष प्रचण्डले सीतालाई छोरीहरु रेनु र गंगा दाहालको साथमा छोडेर नेपाल फर्कन लागेको बताइएको छ ।

सीता पार्किन्सन जस्तो देखिने प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी)बाट लामो समयदेखि पीडित छिन् ।

यसअघि पनि उनको भारत, अमेरिका, सिंगापुरलगायतका अस्पतालमा उपचार गरिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार