प्रचण्ड र केपी ओलीबीचको एकता त्यो कम्युनिस्टको एकता थिएन।

त्यो पार्टीका नेताहरूको साँठगाँठ कुन वर्गका व्यक्तिहरूसँग हुने गर्थ्यो, हुने गर्छ रु त्यो पार्टीको नेतृत्वमा बनेको सरकारले कुन वर्गको संरक्षण गरिरहेको छ रु त्यो त सबै सामु छर्लङ्गै छ।

त्यो पार्टीका दुवै खेमाभित्र कम्युनिस्ट चरित्र भएका थुप्रै मान्छेहरू पनि छन्। कम्युनिस्ट पार्टी बनाउनु पर्छ, कम्युनिस्ट भएर मर्नुपर्छ, यसैलाई कम्युनिस्ट पार्टीमा रुपान्तरण गर्नुपर्छ भन्ने, पहल गर्न चाहने, रुची राख्ने पनि त्यहाँ छन्।

यसबाहेक समग्रमा मूल्यांकन गर्दा त्यसलाई कम्युनिस्ट पार्टी मान्न सक्ने कुनै आधार भेटिँदैन।

कम्युनिस्ट पार्टी नभएकाले त्यहाँ भित्र हुने त पुँजीवादी संघर्ष हो। पुँजीवादी संघर्ष भनेको के हो भने रु विभिन्न आर्थिक समूहहरूले सत्ता र शक्तिमा पुगेर अर्थ संकलन गर्ने अनि त्यसलाई जीवनयापन र राजनीतिको वैभवका लागि प्रयोग गर्छ।

त्यस्ता पार्टीभित्रका गुट भनेका आर्थिक शक्तिहरू हुन्। कम्युनिस्ट पार्टीका राजनीतिक गुट भनेको त विचारको आधारमा, राजनीतिका आधारमा बन्छ।

त्यो एउटा राजनीतिक षडयन्त्रका लागि खडा भएको समूह हुन्छ। पुँजीवादी पार्टीमा भएको गुटको फरक राजनीति पनि हुँदैन। भागबण्डामा गुट हुन्छ। पुँजीवादी पार्टीमा भागबण्डा भनेको पैसा कमाउने भागबण्डा भनेको हो।

चुनावको तयारीका लागि, शक्तिमा रहि रहनका लागि करोडौँ रुपैयाँ चाहिन्छ त्यो जम्मा गर्नुपर्‍यो। त्यो कहाँबाट जम्मा गर्ने रु कुनै व्यवसाय, उद्योग त छैन उनीहरूको। कमिसन र भ्रष्टाचारबाट जम्मा गर्ने हो। त्यसैले त्यो आर्थिक समूह हो।

त्यस्ता पुँजीवादी पार्टीका आर्थिक समूहभित्र सत्ता, शक्ति र लाभांश संकलनका लागि जहिले पनि संघर्ष भइरहन्छ।

यस्तो मौका पारेर त्यस्ता पार्टीभित्र विदेशी शक्तिहरूले पनि आफ्नो खेल खेल्छन्। संघर्ष चलेका बेलामा खेल्न सजिलो हुन्छ। यस्तो बेलामा कहिले ती फुट्ने स्थितिसम्म पुग्छन्। कहिले जुट्ने अवस्थामा पुग्छन्। भएको अहिले त्यति नै हो।

वर्गीय रुपमा नै अर्को कित्तामा पुगिसकेपछि त्यो पार्टी सुध्रिने कुनै सम्भावना नै छैन। पुँजीपति वर्ग सुध्रिएर मजदुर बन्ने भन्ने हुन्छ र ? पुँजीपति वर्गबाट पनि एकाध मान्छेहरू श्रमिकको पक्षमा आउँछन्। तर पूरै पुँजीपति वर्ग मजदुर बन्ने भन्ने त संसारमा कहीँ पनि हुँदैन।

यसर्थ उहाँहरूको त्यो पार्टी नाम जेसुकै भएपनि दलाल पुँजीपति वर्गको पार्टी नै हो। त्यो अब आम श्रमिकको पार्टी बन्न सम्भव नै छैन। त्यहाँभित्र बाँकी रहेका कम्युनिस्टहरू, त्यहाँभित्र रहेका सच्चा जनतान्त्रिक मान्छेहरू, देशभक्त व्यक्तिहरूले त्यो समूहसँग विद्रोह गर्नुपर्छ।

सम्बन्धविच्छेद गर्नु र सच्चा कम्युनिस्ट पार्टी बनाउने प्रयत्न गर्नु आवश्यक छ।

फरकधार अनलाइनसँगको कुराकानीको सानो अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार