प्रधानमन्त्री केपी ओलीले संसद् विघटनपछि सरकारले वैशाखमा तोकेको मध्यावधि निर्वाचनमा आफूले नेतृत्व गरेको पार्टीले बहुमत ल्याउने दाबी गरेका छन् ।
उनले निर्वाचनपछि आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने र दुई मुलुकबीचको सम्बन्धलाई थप उचाइ दिन महत्त्वपूर्ण योगदान पुग्ने बताएका छन् ।
सोमबार भारतीय टेलिभिजन जी न्युजसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् ।
‘हाम्रो पार्टीले बहुमत ल्याउँछ र सरकारको नेतृत्व पनि हामीले नै गर्छौँ,’ उनले भने, ‘निर्वाचनपछि नेपाल–भारत सम्बन्धलाई उचाइ दिन हामी थप योगदान गर्छौँ।’
जी न्युजकै पाल्की शर्मा उपाध्यायले अंग्रेजीमा लिएको छुट्टै अन्तर्वार्तामा पनि प्रधानमन्त्री ओलीले नेपाल–भारत सम्बन्ध सन् २०२१ मा नयाँ उचाइमा पुग्नेमा आफू विश्वस्त रहेको बताए।








