
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता धमेन्द्र बाँस्तोला ‘कञ्चन’लाई प्रहरीले पक्राउ गरेको छ ।
सो पार्टीका केन्द्रीय सचिवालय सदस्य समेत रहेका बाँस्तोलालाई ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
नेता बास्तोलासहित प्रकाश शाही , बिबेक कुमाल र विश्वाशलाई प्रहरीले गिरफ्तार गरेको बुझिएको छ।
यसैबीच नेता बास्तोलाको पक्राउको नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले विरोध र भर्त्सना गरेका छन् ।
किरातीले पक्राउ परेका बास्तोलालाई तुरुन्त रिहा गर्न माग समेत गरेका छन् ।







