
नेपाली जनसरोकार समाज हङकङले विप्लव नेकपाका नेता धमेन्द्र बास्तोलाको गिरफ्तारीको विरोध गर्दै रिहा गर्न माग गरेको छ ।
एक प्रेस विज्ञेप्ती जारी गर्दै नेपाली जनसरकार समाज हङकङले जनतासँग निरन्तर सहकार्य गरेर काम गरिरहेका नेता बास्तोलालाई सरकारले विरोध गर्नु बेठीक भएको बताएको छ ।
नेता बास्तोलालाई बिनाशर्त रिहा गर्न संगठनले माग समेत गरेको छ ।
प्रेस विज्ञेप्तीको पूरा पाठ –
नेपाली जनसरोकार समाज, हङकङ
प्रेस विज्ञेप्ती
नेपाली जनताको मुक्तिको लागि वैंज्ञानिक समाजवाद एक मात्र विकल्प भएको हुनाले यसको निम्ति अहोरात्र जनतासँग सहकार्य गर्दै जनतालाई सुसुचित गर्दै जनतामाझ रहनु भएका नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा विदेश विभाग इन्चार्ज क धर्मेन्द्र बास्तोला (कन्चन) तथा अन्य कमरेडहरुलाई यस फासिस्ट ओली सरकार र उनका मतियार गृहमन्त्रीको निर्देशनमा बिना कारण पक्राउ गरिएको कुरोले हामी आक्रोसित भएका छौ ।
कोरोना महामारीले जनता अक्रान्त छन्, भ्रस्टचारले देश चुर्लुम्म डुबेको छ भने सरकार आफ्नो कुर्सी कसरी बचाउने भन्नेतिर मात्र तल्लिन रहेको छ । यस्तो विषम परिथितिमा पनि जनताप्रति गैर जिम्मेवार ओली सरकार सत्तामा लिप्सामा लागि रहनु भनेको देश र जनतालाई खल्डोमा हाल्नु सिबाय अरु केही हुनै सक्दैन ।
तसर्थ बिना कारण पक्राउ गरिएका कमरेड कन्चन र अन्य कमरेडहरुको बिनासर्त अबिलम्ब रिहाइको हाम्रो सङगठन नेपाली जनसरोकार समाज हङकङ जोडदार माग गर्दछ ।
क्रान्तिकारी अभिबादनसहित
नेपाली जनसरोकार समाज हङकङ
१ माघ २०७७







