नेपाल जनप्रगतिशील मोर्चा, यूरोपलगायत यूरोपभरि रहेका विभिन्न संगठनले विप्लव नेकपाका नेता धमेन्द्र बास्तोलाको गिरफ्तारीको विरोध गर्दै सरकारलाई बिनाशर्त रिहा गर्न माग गरेका छन् ।

नेपाल जनप्रगतिशील मोर्चा, यूरोपसहित यूरोपका ८ विभिन्न संगठनहरुले नेता बास्तोलाको गैरकानुनी गिरफ्तारीको विरोध गर्नुका साथैं यस्ता दमनकारी हर्कत तत्काल रोक्न आग्रह समेत गरेका छन् ।

बास्तोला विप्लव नेकपाको शीर्ष नेतृत्वसँगैं एक वामपन्थी बुद्धिजीवि हुनुका कारण उनको जीवनरक्षासँगैं तत्काल रिहाइका लागि आवाज उठाउन विभिन्न पार्टी, नागरिक समाज र मानवअधिकारकर्मीहरुलाई अनुरोध गरिएको छ ।

नेता बास्तोलासहित अहिलेसम्म राजनीतिक आस्थाकैं भरमा गिरफ्तार सबैं नेता कार्यकर्ताहरुलाई तत्काल रिहा गर्न समेत यी संगठनहरुले अनुरोध गरेका छन् ।

विज्ञेप्तीको पूरा पाठ

आफूलाई एक जिम्मेवार पार्टीको रुपमा उभ्याउदै कोरोना संक्रमणको शुरुवाती दिन बाट नै नेकपाले आफ्ना राजनैतिक आक्रामक गतिविधीहरुलाई स्थगन गरेको सर्वविदितै छ । उक्त पार्टीका नेता तथा कार्यकर्ताहरु देशभर शान्तिपूर्ण रुपले जनसेवामा जुटिरहेका छन् ।

नेपालको वर्तमान सामाजिक फांसीवादी तथा दलाल सरकारले जनताको घरदैलोमा रहेका नेकपाका नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने, यातना दिने र हत्यासमेत गर्ने गरेको छ ।

नेपाल सरकारको यो फांसीवादी कदमको हामी घोर भ्रत्सर्ना गर्दछौं । यसै क्रममा जनसेवामा रहेका उक्त पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा अन्तरराष्ट्रिय ब्यूरो इन्चार्ज धर्मेन्द्र बास्तोला ९क।कन्चन० सहित विवेक कुमाल र विश्वासलाई मिति २०७७ पौष २९ गते गरेको गैरकानुनी गिरफ्तारीको हामी कडा शब्दमा बिरोध गर्दछौं ।

क। कन्चन एक सच्चा वामपन्थी, बुद्धिजीवी विश्लेषक तथा चिरपरिचित व्यक्तित्व हुनुहुन्छ । उहाँ लगायत सम्पूर्ण राजनैतिक बन्दीहरुलाई यथाशीघ्र रिहा गर्न हामी जोडदार माग गर्दछौं । नेपाली जनता अहिले यो असफल संसदीय ब्यबस्थाको जाँतोमा पिसिएको अवस्था छ ।

यो जनघाती, राष्ट्रघाती, परजीवी ब्यबस्थाको अन्त्य गरी संघीय जनगणतान्त्रिक सरकारको गठन गर्दै देशलाई वैज्ञानिक समाजवादी सत्तामा परिणत गर्ने महान अभियानमा रहेका नेता तथा कार्यकर्ताहरुको रक्षा र रिहाइको लागि पहल गरिदिन हुन राजनीतिक दल, नवअधिकारकर्मी, बुद्धिजीवी, कानुन व्यवसायी, पत्रकार मित्रहरु लगायत सम्बन्धित सबैमा हामी हार्दिक अनुरोध गर्दछौं ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार