
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता धर्मेन्द्र बास्तोलासहितका नेताहरुलाई भेट्न वरिष्ठ कानुनविदहरु ललितपुर पुगेका छन् ।
महानगरीय प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएका वास्तोलासहितका नेताहरुलाई शुक्रबार बिहान सरोकारवालाहरुले भेटेका हुन् ।
नेपाल बार एसोशिएसनका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ, संविधानसभा सदस्य तथा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, नेपाल बारका केन्द्रीय सदस्यद्वय अधिवक्ताहरु खिमानन्द अधिकारी र प्रकाश महर्जन तथा सर्वोच्च अदालत वार एशोसिएसनका सदस्य अधिवक्ता कपिलचन्द्र पोखरेल सहितले परिसरमा पुगेर उनीहरुलाई भेटेका हुन् ।
पक्राउ परेकाहरुको शरीरमा नील डाम र चोट देखिएको भेट्न गएका एक सदस्यले बताए ।
विप्लव नेकपा केन्द्रीय सचिवालय सदस्य बास्तोलासहित विवेक कुमल र अर्का राजन रखाललाई प्रहरीले राजनीतिक प्रशिक्षणका क्रममा बुधबार पक्राउ गरेको थियो ।







