
विप्लव नेतृत्वको नेकपासहित चार कम्युनिस्ट पार्टीहरुले विद्यमान ओली सरकारका विरुद्ध वैकल्पिक राजनीतिक सत्ता निर्माण गर्ने घोषणा गरेका छन् ।
विप्लव नेकपा, वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, ऋषि कट्टेल नेतृत्वको नेकपा र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीले संयुक्त विज्ञेप्ती जारी गरेर यस्तो पहल गरेका हुन् ।
अहिलेको दलाल संसदीय व्यवस्था पूर्ण रुपले असफल भएको भन्दैं यसका विरुद्ध समानान्तर व्यवस्था खडा गर्ने यी चार पार्टीबीच सहमति भएको हो ।
विद्यमान संसदीय राजनीतिमा देखा परेको संकट अहिलेको संसदीय व्यवस्थाको संकटको द्योतकको मान्दैं यी चार दलले यो दलाल संसदीय व्यवस्थाको विकल्पमा नयाँ व्यवस्थाको परिकल्पना गरेको छ ।
नयाँ व्यवस्था कस्तो र कसरी निर्माण गर्ने भन्नेबारे अब चाँडैं चार पार्टीको बैठकले तय गर्ने सहमति भएको संयुक्त विज्ञेप्तीमा उल्लेख छ ।








