केही दिन अघि १३ जनवरीको दिन ब्रसेल्स उत्तर पुलिस स्टेशन(गार डु नर्ड )मा अफ्रिकन मुलका ‘इब्राहिम बी’को गत साता प्रहरी हिरासतमा भएको मृत्यु पछि लगभग ५००  प्रदर्शनकारीहरूले प्रदर्शन गरेका थिए ।
ब्रसेल्स सार्वजनिक अभियोजकको कार्यालयका अनुसार इब्राहिमलाई शनिबार ९  जनवरीको अपराह्न ७:०० तिर पक्राऊ गरिएको थियो।पक्राउ गरिएको दुई घण्टा पछि पुलिसको हिरासतमा हुँदा उक्त जवानको मृत्यु भएको थियो,जसले गर्दा मानिसहरु प्रशासन प्रति निकै आक्रामक रुपमा प्रस्तुत भए।
हिरासत भित्र  इब्राहिमको हत्या भएको आशंकामा ब्रसेल्समा भएको विरोध प्रदर्शन बुधवार हिंसात्मक हुन पुगेको हो । प्रदर्शनकारीहरूले शुरक्षा अधिकारीहरूसँग भिडन्त गरे  र बेल्जियमका राजा फिलिपको कार समेत क्रस फायरमा पनि समातियो।
प्रदर्शनकारीहरूले भौतिक सम्पति माथि आक्रमण गर्न शुरु गरेपछि  पुलिसले भीडलाई तितरबितर पार्न शुरुमा अश्रुग्याँस प्रयोग गर्‍यो । बेल्जियमको लोकप्रिय पत्रिका ‘डि स्ट्यान्डर्ड’का अनुसार ११६ जनालाई तत्काल पक्राउ गरिएको थियो भने झडपमा  ५ प्रहरी अधिकारी समेत घाइते भएका थिए।
प्रहरी प्रवक्ताको भनाई अनुशार,प्रहरीको छानबिन समिति द्वारा अफ्रिकन मुलका ‘इब्राहिम बि’को हिरासतमा भएको रहस्यमय मृत्युको मुद्दाबारे आन्तरिक अनुसन्धान शुरु गरिएको छ ।
२३ बर्षे इब्राहिमको मृत्युले ब्रसेल्स पुलिसको थप छानबिनको आबस्यकतालाई बढाएको छ र यस्ता घटनाहरुले बेल्जियममा समेत रंगभेदको घृणा अमेरिका पछि संसार भरिने फैलिदै गएको देखाउछ। अघि पनि युरोपमा पुलिस बर्बरताले धेरै मध्यपूर्व वा उत्तर अफ्रिकी मूलका युवा पुरुष मारिएका हुन सक्ने आशंका गर्न बल पुर्याएको प्रदर्शनमा सहभागीहरुले बताएका छन् ।
गत ग्रीष्ममा बेल्जियमको राजधानी भेला भएका हजारौंले संयुक्त राज्यमा ‘ब्ल्याक लाइभ मेटर’ आन्दोलनको प्रतिध्वनिमा प्रदर्शन गरेका थिए र संसार भरिका उत्पीडितहरुसंग न्यायको लागि रंगभेद बिरुद्ध संघर्षमा उत्रन आह्वान गरेका थिए।
युरोपमा पनि रंगभेदको कारण विभाजनका रेखाहरु क्रमश देखिन थालेकोले विद्रोहहरु थप उत्तेजित हुनसक्ने भय सबैतिर बढ्दै गएको छ।
डिल्ली अम्माईले बेल्जियमबाट पठाएको रिपोर्ट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार