सहरी विकासमन्त्री प्रभु साहले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति आक्रोश व्यक्त गर्दै उनले माओवादी आन्दोलन बेच्दै यहाँ आइपुगेको आरोप लगाएका छन्।

उनले प्रचण्डमुक्त कम्युनिस्ट पार्टी र देश बनाउन आवश्यक रहेको उल्लेख गर्दै प्रचण्डमा अन्तर्घात गर्ने प्रवृत्ति पनि रहेको बताए।

‘प्रचण्डले माओवादी मुभमेन्ट त बेच्दै बेच्दै आउनुभो, यदि कम्युनिस्ट आन्दोलनलाई सफल पार्ने र नेपाललाई समृद्धितिर लाने हो भने प्रचण्डमुक्त कम्युनिस्ट पार्टी र नेपाल बनाउन जरुरी छ,’ उनले भने।

उनले पूर्वमाओवादीहरु प्रधानमन्त्री केपी शर्मा ‌ओलीसँगै रहेको दाबी पनि गरे।

स्मरणरहोस् उनैं प्रभु साहले मन्त्री पद पाउनकैं लागि प्रचण्ड माधव समुह त्यागेर ओली समुहमा प्रवेश गरेका थिए ।

उनी पहिले प्रचण्ड-बाबुरामको पालामा बाबुरामको लाइनमा थिए । मन्त्री पद पाउनकैं लागि बाबुरामलाई छोडेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार