वास्तवमा संसद विघटनगर्नु असंवैधानिक कार्य हो। यो कथित लोकतन्त्रको उपहास हो। संसदीय ब्यवस्था अफापसिद्ध त थियो नै। अहिले छर्लंग देखिएको अवस्था छ। सारमा भन्नुपर्दा संसदीय ब्यबस्था असफल साबित भएको छ। अबको विकल्प वैज्ञानिक समाजवाद हो। संसदीय ब्यबस्थामा जुन जोगी आए नि कानै चिरेका हुन्। यो असफल साबित भैसकेको छ। यसमा के पी वली तानाशाही भएका छन्। अविश्वास प्रस्ताव आएको अवस्थामा संसद भंगगर्न हुन्छ? संसद भंगगरेर काम चलाउ भएको प्रमले मन्त्री नियुक्त गर्न बन्छ ? यसलाई गाईजात्रा किन नभन्ने ?

अमेरिका र भारतको निर्देशनमा बनेको सरकार हो यो। टोप बहादुर रायमाझी मन्त्री बने लगत्तै एमसीसी पास गर्नुपर्छ भनेका छन्। जब कि अमेरिकन डा.मेरी डेसनले ‘एमसीस्ी नेपालको लागि गलपासो हो। औपनिवेशिकता कायमगर्नु र लूटपाट गर्नु यसको काम हो’ भनेकी छिन्। अमेरिकन राजदूत र विदेश सचिवले समेत एमसीसी इन्डो प्यासिफिकसँग सम्बन्धित छ भन्दा संसदीय नेताहरुले नजरअन्दाज गरेको अवस्था छ। भले भीम रावलले एमसीसीको जोडदार विरोध गरेका छन्।

एशिया महादेशमा नेपाल विचित्रको छ। नेपालका आफ्नै विशेषता छन्। यसैले विश्वको आँखा नेपालमा छ। अन्तरराष्ट्रिय रुपमा नेपालको अर्को विशेषता भनेको उत्तरमा चीन र दक्षिणमा भारत हुनु हो। अमेरिकाले भारतसँग मिलेर चीनको स्वशासित क्षेत्र तिब्वतमाथि दखल गर्न चाहन्छ। नेपालमा टेकेर चीनलाई हिर्काउने अमेरिकाको रणनीति छ। नेपाललाई हरक्षेत्रबाट अस्थिर बनाएर युद्धको क्रिडास्थल बनाउन चाहन्छ साम्राज्यवादी देश भारत। यही माघ १ गतेमात्र भारतीय जी न्युजका पत्रकार सुधीर चौधरीलाई नेपालमा झिकाएर प्र.मबाट अन्तरवार्ता लिन लगाईयो। र राष्ट्रियताका कुरा पनि देखाईएको हो तर चौधरीलाई सिमृक एयरबाट सगरमाथाको आधार शिविर कालापत्थरमा पठाइयो। सन् १८५२ मा राजनाथ सिकदरले सगरमाथाको उचाई नापेकोले सगरमाथाको नाम माउण्ट सिकदर हुनुपर्छ भन्ने कुरा चौधरीले बताएको हो। यस प्रकार भारतले सगरमाथालाई भारतको गराउने प्रपञ्च गरेको बुझिन्छ। जहाँ पनि भारतीय हस्तक्षेप छ तर यस कुराको सशक्त विरोधगर्न सक्नुपर्छ। दश वर्षको जनयुद्धलाई समाप्त पारेर राजनीतिलाई आफ्नो पकडमा ल्याउनु चानचुनेकुरा होइन। यसमा पूर्व एमाले नेता के.पी.वली पनि सफल भएका हुन्। यो भारत तथा अमेरिका साम्राज्यवादबाट कम्युनिष्टको प्रयोगगरेर कम्युनिष्ट समाप्त पार्ने खेल हो। एउटा ग्राइन्ड डिजाइन हो। रातो झण्डाको विरोधगर्न रातो झण्डाको प्रयोग हो। यसैको परिणाम तत्कालीन युद्धनायक प्रचण्डले क्रान्तिको झण्डा सडकमा मिल्काएर पुँजीवादको दलाल बन्न पुगे। युरोपियन युनियनले समेत पुष्टिगरेको ८० प्रतिशत कब्जामा लिएको भूभाग छोडेर सत्ताको लागि आत्मसमर्पण गर्न पुगे युद्धनायक प्रचण्ड।

लेखक झपेन्द्रराज वैद्य ।

सडकमा फ्याकिएको झण्डामा १६ हजार शहीदहरुको रगत मिसिएको छ। सपना गाँसिएको छ। जनमुक्ति सेनाको घरखेत गएको छ। पढाइलेखाइ छुटेको छ। बेरोजगारी छ। गरिबी बढेको छ। अस्तब्यस्त भएको छ। अर्को तिर शहीदहरुको लाशमा चढेर शीर्ष नेताहरु सत्तामा रमाउँछन् । पैतृक संपपत्तबिहीन हिजो चप्पल लगाएर हिँड्नेहरुले रातारात गगनचुम्बी भवन बनाउँछन्। भाटभटेनी, अस्पत्ताल, विद्यालय आदि निजी उद्योग खोली ठेक्काबट्टामा ब्यापार गर्छन्। गाउँगाउँमा भजनमण्डली राखेर अबैध ब्यापार गर्न लगाउँछन् । गाउँदेखि केन्द्रसम्म भ्रष्टाचार हुन्छ। सिंहदरबार भ्रष्टाचारको अखडा बनेको छ। गाडीमा कार्यालयको तेलहालेर तेलको पैसा बुझने भ्रष्टाचार हो कि होइन? काठमाण्डौमा घर भएर पनि घरभाडा थाप्नजाने भ्रष्टाचार हो कि सदाचार? सत्ता टिकाउन आफ्ना हनुमानहरुले जति भ्रष्टाचार गरे पनि टुलुटुलु हेरेर बस्नुको बिकल्प हुदैन। हजारौं प्रमाणहरु छन्। फाटेको जालोले छेकेको जति छेके पनि छर्लङ्ग देखेको भनेझँ भएको छ भ्रष्टाचार। कहिले ६२ किलो सुन हराउँछ त हालसालै ३३ किलो सुन गुमनाम भएको अवस्था छ। वाइडबडी बिमानको खरिद प्रकरणमा ४ अरब ३३ करोड घोटाला भएको त संसदीय उपसमितिले सिफारिश गरिसकेको अवस्था छ। तर यसबारे सरकारले मुख खोल्दैन। उपसमितिको सबै कुरा सहीहुदैन भनेर एउटा आयोग गठन गरिएको छ। जे जति भ्रष्टाचारका कुरा छन् सरकारको घाँटीमा अड्किएको हुन्छ। गलालाग्छ बोल्न सक्दैन सरकार। यो कुनै पुर्वाग्रहले भनिएको होइन। दिउसको घामजस्तै छर्लङ्ग छ। ट्रान्परेन्सी इन्टर नेशनल नेपालको २०७५ को माघ १५को रिपोर्ट अनुसार नेपालले १०० नंबरमा ३१ अङ्क ल्याएको छ। जसको उत्तीर्णांङ्क ५० हुन्छ। यसअनुसार सोमालियाले १० नंबर ल्याएको छ भने डेनमार्कले ८८ नंबर ल्याएको छ। सुशासनको अवस्था गतसाल भन्दा नाजुक छ। १२२ औं मुलुकबाट १२४औं मुलुकमा छ नेपाल। हालसालको रिपोर्ट अनुसार भ्रष्टाचारमा पहिलो स्थान ओगटेको छ नेपाल। यसको नाइके प्रम वलीलाई भनिएको छ। बालुवाटार ललितता निबास जग्गा प्रकरणमा सरकार मुछिएको भनिन्छ।

भारतीय प्रधानमंत्री मोदीको योजना अनुसार घुमाउरो तरिकाले सार्कको विकल्पमा बिमस्टेक – (बंगाल खाडीको प्रयास) गठन गरिएको छ। यसको चौथो सम्मेलन काठमाण्डौमा भएको हो। यसमा नेपाल भारत श्रीलंका बंगलादेश म्यानमार थाइल्यान्ड र भूटान छन् भने सार्कका ३ देशहरु पाकिस्थान, अफगानिस्तान र माल्दिभ्स यो सैनिक गठबन्धनमा अटाएका छैनन्। नेपालले शैनिक अभ्यासमा केही सेना पठाउन लागेको अवस्थामा नागरिक समाज र सत्तासीन नेकपाका नेता भीमरावलले विरोध जनाएपछि केही सेना पर्यबेक्षकमा पठाइएको थियो। नेपालको असंलग्न विदेश नीति भएको अवस्थामा सैन्य गठबन्धनमा हामफाल्न खोज्नु निश्चय नै राम्रो कुरा थिएन। यो कुरा चीनको टाउको दुःखाइ भएको थियो।

नेपालमा सुगौलीको सन्धीदेखि राष्ट्रघाती सन्धी हुदैआएको छ । भारतले ६२ हजार हेक्टर जमिन अतिक्रमण गरिसकेको अवस्था छ। गत माघको महिनामा मात्र चितवनको सीमा क्षेत्रमा सीमा पिलर सारिए पछि विप्लव माओवादीका कार्यकर्ताहले मिचिएको भूभाग नेपाल भित्रपारेर काँढे तारलगाएको कुरा स्पष्टसँग देख्न सकिन्थ्यो। यसबाट सरकारलाई राष्ट्रियताको सवालमा ध्यानाकर्षण गराएको कुरा बुझ्न सकिन्छ । भारतद्धारा कालापानी र लिपियाधुरामा सैनिक अखडा कायमै राखिएको छ । यो हो सार्वभौम देशको सेनालाई भारतीय सेनाको अण्डर राख्ने घुमाउरो पाराको सहमति । लिम्पियाधुराको केही भाग छुटाएर नेपालको नक्शा बनाइएको छ। धेरैबाट आवाज आएकोले नेपाले लिम्पियाधुरासहितको नक्शा तयार गरेको छ। यो सकारात्मक छ। तर सरकारले यो नक्सा पाठ्यपुस्तकमा छाप्न मनाही गरेको छ। यसमा नेपाल मौन छ। काण्डैकाण्डले भरिएको देश भएको छ नेपाल। दिनप्रतिदिन बलात्कारका घटना भएका छन्। केही बर्ष अगाडि साउन १० गते कञ्चनपुरको भीमदत्त न.पा २ की १३ बर्षीया निर्मला पन्तको बलात्कार पछिको हत्या रहश्यमय बनेकोले यसको निकै चर्चा भएको छ। यसमा उच्च तहका मानिसको संलग्नता रहेको आशंका छ।

गत जेष्ठ यता आजसम्म करीब ५० वटा बलात्कारका घटना भएको कुरा अखवारबाट बुझ्न सकिन्छ। न त सिन्डिकेट नै हटेको अवस्था छ न त नै काम नगर्ने ठेकेदारलाई सजाय गरिएको छ। ठेकेदार आफ्नै कार्याकर्ता र नेता भएका र कमिशनको खेलले गर्दा पनि सयौं ठाउँहरुमा विकासका कामहरु अलपत्र परेका छन्। मूल नै धमिलो छ भने कसरी भ्रष्टाचार कमहुन सक्छ? सर्व प्रथम त सिंहदरबारको फोहर बढारने क्रान्ति आवश्यक छ। महंगीले आकाश छोएको अवस्था छ। अहिले १ लिटर तेलको मूल्य २०० भैसकेको अवस्था छ। विप्रेशण आप्रवाहमा ४ महिनामा ३६.४ ले बृद्धि भएको छ। यसले परनिर्भरता जनाएको छ। नेपाली युवाका । श्रम बिदेशमा बेचिदाको रेमिटेन्स हो यो । अफ्रिकाका कला जातिलाई सिक्रिले बाँधेर अमेरिका, युरोप बिक्रि गर्न लगिन्थ्यो। यस्तै नेपाली युवाहरुलाई पासपोर्ट झुण्डाइदिएर बिक्रि गर्न मलेशिया र खाडीका अन्य मुलुकमा लगिन्छ। कोभिड १९ ले कतिपय कामदार बेरोजगारीमा बसेको अवस्था छ। यस्तै रेमिटेन्स र करको अभिबृद्धिबाट मंत्री नेताहरुले भत्ता र महंगा गाडीको सुविधा पाएका छन्। यो पनि भ्रष्टाचारको सूचक हो। यसैले त नेपाल भ्रष्टाचारमा दोस्रो अवस्थामा पुगेको छ। आइ एनजीओले सरकारलाई ठपपारेको हुन्छ। आजसम्म एनसेलले करीब ७२ अरब राजश्वको कर छली गरेको बुझिन्छ।

सर्वोच्च अदालतको आदेशले केही रकम त बुझाइएको बुझिन्छ तर ठूलो धनराशी आउन सकेको छैन। दुई तिहाई मतको आयआर्जन भनेको काले काले मिलेर खाउँ भाले भएको अवस्था छ। चारैतिरबाट देश छियाछिया हुनलागेको छ। सिक्किमीकरणको अवस्था अझै बढेर गएको छ। कुरै खाऊँ कुरै लगाउँ सम्धि भनेझै भएको छ। सकारात्मक सोंच राखौं भन्यो केही पाइदैन। ३ जनवरी २०१९ मा भेनेजुयलाका निर्बाचित राष्ट्रपति निकोलस मुदुरोका विरुद्ध अमेरिकी जासूसी संस्था सी.आइ.ए समर्थित जवान गाइदोले आफैलाई राष्ट्रपति घोषणा गरेपछि अमेरिकी हस्तक्षेपको सर्वत्र विरोध भएको सन्दर्भमा सत्तासीन ने.क.पाका अध्यक्ष प्रचण्डले पनि विदेशी हस्तक्ष्ेपको विरोध गरेपछि केही सकारात्मक कुराको अनुभूत भएको थियो। तर प्र.म. स्विटजरलैण्डबाट फर्के पछि पहिलेको कुरा सचाएर टतस्थताको भाव आउनेगरी विज्ञप्ती निकालियो । पार्टीको अध्यक्षजस्तो जिम्मेवार मानिसले मलाई फसाइयो भनेपछि अडानको पारो ह्रवात्तै घटेको छ। यो नै दलाल पुँजीवादको विशेषता हो। दलाल पुँजीवादले आफ्नो मालिक पुँजीवादको विरोध गर्न सक्दैन।

सत्ता भनेको विरोधी वर्गमाथि दमन गर्ने यन्त्र हो। संशोधनवादी पुँजीवाद सत्तामा पुगेको बेला फासिवाद बन्छ । यसैले पत्रकारमाथि दमनको प्रवृति देखा परेको छ। दर्जनौं पत्रकारहरु सरकारी दमनको शिकार बनेका छन्। नागरिकको अधिकार बीच बिचमा कुण्ठित हुनपुग्छ। क्रान्तिकारी शक्ति बढिरहेको अवस्थामा दलालहरु चैनले निदाउनसक्दैनन्। यसैले झुठा मुद्दालगाएर थुनछेक गरिन्छ। शान्तिपूर्ण विद्रदोह गर्ने नागरिकको अधिकार हुन्छ। उक्त कुरा नेपालको संविधानमा तथा राष्ट्रसंघको बडापत्रमा उल्लेख भएको छ। अनशनरत डा. गोविन्द के.सीको जीवन रक्षा गर्ने दायित्व सरकारको हो। तर सरकारले डा. के.सीको कुरा नसुनेपछि के.सी अनशन तोडन बाध्यभए। अनशनले केही हुनेवाला थिएन। उनी नागरिक समाजसँग मिलेर जानुको विकल्प छैन।

अहिले देशको सबभन्दा ठूलो रोग भ्रष्टाचारको छ। क्रान्तिकारी माओवादीको एक कार्यकर्ताले एकजना नागरिक उड्डयन मंत्रीलाई कालो मसोदली सांकेतिक विरोध जनाएका छन् भने विप्लव नेकपाले एकीकृत जनक्रान्तिको शिलशिलामा भ्रष्टाचार बिरोधी अभियान नै चलाएर भ्रष्टाचारीलाई नियन्त्रणमा लिएको बुझिन्छ। यसै अभियानबाट अत्तालिएर कैयौंलाई गिरफ्तार गरिएको छ। आज विद्यार्थीमात्र होइन सबै नागरिकहरु पार्टीभन्दा माथि उठेर जुनसुकैलाई पनि भ्रष्टाचार गरेको देखेमा समात्न सक्नुपर्छ। यो कुरा सुन्दा स्वर्थ प्रेरित हनुमानहरुलाई टाउको दुःखनु स्वभाबिक छ।

अब सबै देशभक्त, साम्राज्यवाद विरोधी न्याय र स्वतन्त्रता प्रेमी जनता तथा सत्तासीन नेकपाका क्रान्तिकारी कार्यकर्ता समेत एक ढिक्का भएर लाग्नुपर्ने अवस्था छ। आशा छ नवगठित चारदलको फस्टाउने छ। यसले जनतन्त्र, जनजीविका र राष्ट्रियताको सवालमा अहम् भूमिका खेल्नेछ।

(प्रेस स्वतन्त्रता सेनानी)
२०७७। ०९। १७

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार