विरामी अवस्थामा रहेका विप्लव नेकपाका गण्डक व्युरो सदस्य निरु थापालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

काठमाडौंमा उपचार गर्न आएका थापालाई काठमाडौंको टोखाबाट गिरफ्तार गरेको छ । उनी लामो समयदेखि विरामी अवस्थामा रहेका छन् ।

मानवीय संवेदनालाई समेत ख्याल नगरेर प्रहरीले गिरफ्तार गरेको भन्दैं परिवारले आपत्ति जनाएको छ ।

यसैं बीच विप्लव नेकपा गण्डकी व्युरो इन्चार्ज शिवाले आफ्नो पार्टीका व्युरो सदस्य निरु थापालाई विरामी भएर उपचार गर्ने क्रममा प्रहरीले गिरफ्तार गरेको भन्दैं विरोध र भत्र्सना गरेकी छिन् ।

गण्डकी व्युरो इन्चार्ज शिवाले एक प्रेस विज्ञेप्ती जारी गरेर विरामी थापालाई मानवीय संवेदनाको आधारमा तुरुन्त रिहा गर्न सरकारलाई चेतावनी दिएकी छिन् ।

साथैं व्युरो इन्चार्ज शिवाले माघ १० गते आफ्नो आयोजना गरेको नेपालबन्दलाई सफल पार्न सबैंमा आग्रह समेत गरेकी छिन् ।

 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार