सत्ताधारी नेकपा विभाजनपछि प्रधानमन्त्री केपी शर्मा ओलीको समूहमा लागेका रामबहादुर थापा ‘बादल’ पूर्व लडाकुहरुलाई एक ठाउँमा ल्याउन लागेका छन् ।

आफ्नो नयाँ गुट निर्माणका साथ अघि बढ्न उनी विगतमा असन्तुष्ट रहेका लडाकुहरुलाई आफ्नो पक्षमा ल्याउने क्रममा पूर्व लडाकु र बर्हिगमित लडाकुहरुको संकलनमा जुट्दै एक ठाउँमा ल्याउन लागेका हुन् । बादल सचिवालय स्रोतका अनुसार अहिले बादलले मन्त्रि क्वार्टरमा पूर्व लडाकुहरुलाई बोलाएर छलफल गरिरहेका छन् । प्रधानमन्त्री ओली समूहका केन्द्रीय सदस्य र प्रदेश कमिटी सदस्य तथा जिल्ला कमिटी र विभिन्न विभागमा राख्न गरी कार्ययोजना गरिरहेका छन् ।

टोपबहादुर रायमाझी, मणी थापा, लेखराज भट्ट, दावा लामासहित ओली समूहमा पुगेका बादलले सोमबार दिउसो सोलुखुम्बूका केही युवा पूर्व माओवादीलाई ओली समूहमा ल्याउदैछन् । यो अभियान देशव्यापी रहने समेत उनको सचिवालयले जनाएको छ । ओलीले पनि काठमाडौ जिल्ला स्तरीय भेला र काठमाडौ क्षेत्र नं १ देखि धेरै स्थानमा बादललाई एक्सपोज गराइराखेको अवस्थामा ओली समूहकै नेताको रुपमा स्थापित गराएर प्रचण्डलाई काउण्टर दिने रणनीति लिएका छन् ।

‘बादलले जो जो नेता ल्याएपनि ओलीले आँखा चिम्लेर समर्थन गर्ने र कमिटीमा राखिनेछ’, वालुवाटार निकट स्रोतले भन्यो । पहिला पनि बादलले भनेका सबै मानिसलाई ओलीले समर्थन गर्दै आएका थिए । सग्लो रहेको नेकपामा बादल समूहका ३७ जना केन्द्रीय सदस्य र प्रदेश र जिल्लामा पनि उनी समूहका धेरै नेताहरुलाई समावेश गरिएको थियो ।

तर बादलले ती कुनै पनि नेताहरुलाई ओलीतिर जाउ नभनि स्वविबेक प्रयोग गर्न छुट दिएका थिए । अहिले उनी नयाँ साथीहरुलाई ओली समूहमा ल्याएर आफू नेता हुने कोसिसमा लागेका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार