प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो बाचा तोडेका छन् ।

२०७५ साल २५ चैतमा बिराटनगरमा आयोजित एक सार्वजनिक कार्यक्रममा उनले प्रदेशको राजधानी र नाम जुराएपछिमात्रै बिहे गर्ने वाचा गरेका थिए । तर, अहिलेसम्म प्रदेश राजधानी विराटनगर कायम भएपनि प्रदेशको नाम जुर्न सकेको छैन ।

तर, आफ्नो बाचा पूरा नगरी नै उनले लगन जुराएका छन् ।मुख्यमन्त्री राईले यही ११ माघमा मंगोल सुन्दरी ज्याङ्मु शेर्पासँग लगनगाँठो कस्दैछन् । आफैले गरेकोे बाचा तोडेर उनी ‘मिस मंगोल नेपाल–२०१८’की विजेता शेर्पासँग धुमधाम विवाहको तयारीमा जुटेका छन् । तर, यसैबेला उनको मुख्यमन्त्री पदसमेत जोखिममा परेको छ ।

सत्तारुढ दल नेकपा विभाजन भएसँगै मुख्यमन्त्री राईमाथि अविश्वासको मत दर्ता भएको छ । उनीमाथि नेकपा प्रचण्ड–नेपाल समूहले अविश्वासको मत दर्ता गरेका छन् । यसैबेला राईले घजजम गर्दैछन् ।

मुख्यमन्त्री राईको विवाहको खबर बाहिरिएसँगै यतिखेर सामाजिक सञ्जालमा यसैको चर्चाको छ । मुख्यमन्त्री राईको विवाह यस कारण पनि चर्चामा छ कि उनी आफूभन्दा झण्डै २८ वर्ष कम उमेरकी ज्याङ्मुसँग विवाह गर्दैछन् ।

अर्को उनी प्रदेश १ का मुख्यमन्त्री हुन् । पदमा रहेकै बेला मोडलसँग विवाह गर्न लागेकाले चर्चाको विषय बनेको हो । त्यस्तै, मुख्यमन्त्री राई र ज्याङ्मुको प्रेम विवाह भएकाले पनि चर्चाको विषय बनेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार