आगामी बैशाखमा हुने मध्यावधि निर्वाचनका लागि १ लाख म्यादी प्रहरी नेपाल प्रहरीले भर्ना गर्ने भएको छ ।
आगामी बैशाखमा हुने १७ र २७ मा हुने मध्यावधि चुनाव सरकारले तोकेपछि नेपाल प्रहरीले १ लाख म्यादी प्रहरी भर्नाको तयारीमा जुटेको हो । बैशाखमा हुने चुनावका लागि आवशयक पर्ने सुरक्षा जनशक्ति तथा बजेटको खाका नेपाल प्रहरीले तयार पारीसकेको छ ।
गत पुुसमा ५ गते सरकारले संसद विघटनसँगै आगामी बैशाखमा १७ र २७ गते मध्यावधि चुनाव दुई चरणमा हुने घोषणा गरेको छ । संसद विघटन बिरुद्ध सर्वोच्च अदालतमा सुनुवाई चलिरहेको छ ।








