
सरकारले फेरि धोका दिएको भन्दै उखु किसानहरुले पुनः आन्दोलनको घोषणा गरेका छन् ।
नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अब ८ करोड रुपैयाँ मात्रै बक्यौता रहेको विवरण जारी गरेपछि उनीहरुले यस्तो आन्दोलनको घोषणा गरेका हुन् ।
यही माघ १० गतेदेखि फागुन ७ गतेसम्म किसान जागरण अभियान चलाउने बताएका छन् ।
नयाँ आन्दोलनअनुसार फागुन ८ गतेदेखि फागुन १४ गतेसम्म कालोपट्टी बाँधेर खेतमा काम गर्ने, फागुन १५ देखि २१ गतेसम्म एक छाक खाएर खेतमा काम गर्ने समितिले उखु किसान संघर्ष समितिले जनाएकाे छ ।
मन्त्रालयले ६५ करोड रुपैयाँमा ५७ करोड रुपैयाँ भुक्तानी भएको र अब ८ करोड रुपैयाँ मात्रै बक्यौता रहेको मौखिक सूचना किसालनहरुलाई दिएको थियाे।
तर किसानहरुले त्यसमा असन्तुष्टि जनाउँदै मन्त्रालयको सूचनालाई शंकास्पद भनेका छन्।
उखु किसान संघर्ष समितिले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै शनिबारदेखि आन्दोलनको कार्यक्रम सुरु गर्ने जनाएको हाे। त्यसपछि तेस्रो चरणको आन्दोलन गर्ने बताएको छ।







