
डबल नेकपाका अध्यक्ष प्रचण्डले जनमुक्ति सेनाका पूर्व डिभिजन कमाण्डर कालीबहादुर खाम विविधलाई केपी ओलीले दुरुपयोग गर्न खोजेको आरोप लगाए ।
आफ्नो समुहद्धारा आज काठमाडौंमा आयोजित शक्ति प्रदर्शनलाई संवोधन गर्दै प्रचण्डले पूर्व कमाण्डर विविधले बाटो बिराएर ओलीकहाँ गएको अर्को संगीन आरोप लगाए ।
आज केपीले कालिबहादुर खाम खोई रे भन्दैं प्रश्न गर्नु अनैतिक भएको भन्दैं प्रचण्डले बिचरा त्यो कालिबहादुरको मुद्धा सल्टाउन आफुले १० वर्षदेखि प्रयत्न गरेको तर उता ढल्किएको बताए ।
जनयुद्धलाई कहिल्यैं सकारात्मक रुपले नहेर्ने केपीले जनमुक्ति सेनाका पूर्व कमाण्डरहरुलाई संरक्षण गर्नै नसक्ने प्रचण्डको दाबी छ ।
जनमुक्ति सेनाका पूर्व योद्धाहरुलाई आफुले संरक्षण गर्दै आएको र फेरि पनि गर्दै जाने बताए ।







