
मालेमावादको भ्रष्टीकरण भो !
सिद्धान्तको सैतानीकरण भो !
समाजवादको बजारीकरण भो !
साम्यवादको उदारीकरण भो !
सावधान साथी सावधान !!
विकृतवादको वर्चस्व बढ्दो भो !
विसङ्गतवादको बज्र प्रहार भो !
विघटनवादको बाढी आयो !
विसर्जनवादको सुनामी आयो !
होशियार कामरेड होशियार !!
संसदमा एउटा बम पड्कियो !
प्रतिगमनले त फणा फिजायो !
संसदवादको ज्वारभाटा आयो !
क्रान्ति-शान्ति सत्यानासै गर्यो !
होशियार कामरेड होशियार !!
प्रतिकृयावादले टाउको उठायो !
विस्तारवादले नङ्ग्रा तिखार्यो !
साम्राज्यवादले दाह्रा उदायो !
आत्मसमर्पणवादले सबै सकायो !
खबरदार भाइ खबरदार !!
सावधान साथी सावधान !
होशियार कामरेड होशियार !!
होऔं खुबै होशियार !!!
गरौं सबले खबरदार !!!!







