तपाईहरुलाई थाहा छ ? म यो देशको प्रधानमन्त्री हुँ ।
कम्युनिस्ट राजनीतिमा अहोरात्र खटेकोले नै म प्रधानमन्त्री भएको हुँ ।।

तपाईहरुलाई थाहाँ छ ? म लोकतन्त्र प्रेमी हुँ ।
लोकतन्त्र स्थापनार्थ १४ वर्ष जेल बसेको हुँ ।।

तपाईहरुलाई थाहाँ छ ? म राष्ट्रवादी नेता हुँ ।
राष्ट्रवादी नेता हुनकै लागि मोदीलाई नाकाबन्दी गर्न भनेको हुँ ।।

तपाईहरुलाई थाहाँ छ ? मैले किन संसद विघट्न गरें ।
पार्टीमा बहुसंख्यक कमरेडहरुले चौतर्फी घेराबन्दी गरें ।।

तपाईहरुलाई थाहाँ छ ? संसद पुनस्थार्पना हुँदै हुँदैन ।
सेटिङ्मा भएको काम कदापी तोडिदैन ।।

तपाईहरुलाई थाहाँ छ ?चुनाव हुन नदिए म के गर्छु ?
संकटकाल लगाएर जीवनभरि राज गर्छु ।।

तपाईहरुलाई थाहाँ छ ?मेरो पछाडि को छ ?
साम्राज्यवादीको नाइके र सहनाइके अमेरिका र भारत छ ।।

तपाईहरुलाई थाहाँ छ ?सूर्य चिन्ह् मैले नै पाउँछु ।
पाइन भने झन ठूलो बबण्डर मच्चाउँछु ।।

तपाईहरुलाई थाहाँ छ ?म दलाल पुँजीवादीको नाइके हुँ ।
दलाल पुँजीवाद नै मेरो सुरक्षा कवज हो ।।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार