कामचलाउ सरकारका गृहमन्त्री रामबहादुर थापाबादल यहि स्थिति रहिरहे मध्यावधि निर्वाचन सर्न सक्ने बताएका छन् । कालिकोटमा प्रेस सङ्गठन नेपालले आज आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री बादलले यस्तो संकेत गरेका हुन् ।

कार्यक्रममा गृहमन्त्री थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन सर्न सक्ने बताए । उनले  प्रतिनिधिसभा विघटन मुद्दा अदालतमा विचाराधीन रहेकाले निर्वाचन विषय अदालतको फैसलामा भरपर्ने बताए ।

वैशाखमा निर्वाचनमा हुन्छ कि हुँदैन भन्ने विषय अदालतको फैसलामा भरपर्ने गृहमन्त्री थापाको भनाई थियो । उनले भने, ‘वैशाखमा चुनाव गराउन सरकार तयारी अवस्था  छ । निर्वाचन आयोग, सुरक्षा निकायले सबै तयारी गरिरहेका छन्, अदालतको फैसला कुरिरहेका छौँ । अदालतको फैसला ढिला भयो भने निर्वाचन ढिला हुन्छ होला । अदालतले सरकारको निर्णय सदर गर्छ होला ।’

अर्को प्रसंगमा थापाले नेत्रविक्रम चन्द समूहलाई मूल प्रवाहमा आउन आग्रह गरे । निर्मला पन्तको प्रकरणमा अनुसन्धान जारी रहेको र  ढिलो चाँडो त्यो घटनाका सत्यतथ्य सार्वजनिक गरिने गृहमन्त्री थापाले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार