डबल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानका संयोजक तथा नेकपाका उपाध्यक्ष वामदेव गौतमले एकता अभियान घोषणा गरेका छन् ।

बुधबार ललितपुरमा सम्पन्न भेलाले गौतमको नेतृत्वमा ६५१ सदस्यीय अभियान समिति घोषणा गरेको छ । अभियानमा हरि पराजुली, माया ज्ञवाली, तुलसा थापा, हिरालाल महर्जनसहितको १७५ सदस्यीय कार्य सम्पादन समिति रहने भएको छ ।

उनको एकता अभियानमा केन्द्रीय नेताहरु खासै देखिएका छैनन् । उनले आफूले मात्रै प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाललाई मिलाउन सक्ने पनि दाबी गरे ।

अहिले ओली र दाहाल एकअर्कालाई हेर्नै नसक्नेगरि फर्किएको सुनाउँदै दुवैलाई एकतर्फ आफूले फर्काउने गौतमको दाबी छ । उनले आफू संसद पूनःस्थापना भईदिए हुन्थ्यो भन्ने नै भित्री धारणा रहेको सुनाए ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार