प्रधानमन्त्री केपी शर्मा ओली चितवन आउने भएपछि प्रचण्ड–माधव समूहले प्रदर्शन गरेको छ ।

ओलीले आफू निटक नेकपाले जनसभालाई सम्बोधन गर्दैछन् । तर, त्यसको विरोध गर्दै नेकपा प्रचण्ड–माधव समूहले प्रदर्शन गरेपछि भरतपुरको सुरक्षाव्यवस्था कडा पारिएको छ ।

मुख्य सडकहरूमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । भरतपुरको चौबिसकोठी, हाकिम चोक, केन्द्रीय बस टर्मिनल, बाइपास रोड, लगायतका स्थानमा जनपथ र सशस्त्र प्रहरीे ठुलो संख्या खटाइएको छ ।

ओलीको विरोधमा प्रचण्ड–माधव समुहले भरतपुरका मुख्य सडकमा पर्चा र टायर बालेका छन् । प्रचण्ड–नेपाल निकट अनेरास्ववियूले कालो पर्चामा ‘असंवैधानिक कदम खारेज गर’, प्रतिगामीहरु होसियारलगायतका नारा लेखेर सडकमा छरेका छन् ।

चितवन प्रचण्डको गृहजिल्ला भएकाले तुलनात्मकरुपमा प्रचण्ड–नेपाल पक्षको पकड रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार