नुवाकोटमा डबल नेकपाका केपी ओली र प्रचण्ड-माधव समुहका दुई पक्षबीच झडप भएको छ ।

डबल नेकपा ओली समूहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल र टोपवहादुर रायमाझी सहभागी कार्यक्रममा ओली र प्रचण्ड–नेपाल समूहबीच झडप भएको हो ।

झडपमा ईश्वर पोखरेलको गाडी तोडफोड भएको छ ।

यता, वाग्मती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा एसएसपी मीरा चौधरीले बाटोमा अवरोध गर्ने कार्य भएको र अहिले अवस्था सामान्य रहेको जानकारी दिइन् ।

उनले गाडी तोडफोड नभएको दाबी गरेकी छिन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार