प्रचण्ड–नेपाल समूहको नेकपाले प्रधानमन्त्री समेत रहेका नेकपाका ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको छ ।

काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बसेको प्रचण्ड–नेपालको चौथो केन्द्रीय समितिको बैठकले महासचिव विष्णु पौडेललाई समेत पदबाट हटाएको छ ।

बैठकमा प्रचण्ड–नेपाल पक्षका नेकपाका अध्यक्ष प्रचण्डले ओलीलाई साधारण सदस्यसमेत नरहने गरी हटाउने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव केन्द्रीय समितिको बैठकले पारित गरेको हो ।

यसअघि प्रचण्ड–नेपाल पक्षको माघ ११ गते बसेको स्थायी कमिटी बैठकले पनि ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको थियो । सोही निर्णयलाई केन्द्रीय समितिबाट अनुमोदन गराइएको हो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार