अन्तर्राष्ट्रिय लेखक र पत्रकार केन्द्रले म्यानमारमा भएको सैनिक कुको विरोध गरेको छ ।

अन्तर्राष्ट्रिय लेखक र पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीद्धारा जारी विज्ञेप्तीमा सेनाद्धारा गरिएको कु लोकतान्त्रिक मूल्य मान्यतामाथिका ठाडो हस्तक्षेप भन्दैं सो कदम फिर्ता लिन अनुरोध गरिएको छ ।

म्यानमारमा भएको कुका विरुद्ध सबैतिर आवाज उठाउन विश्वभरिका सबैं पक्षसँग अन्तर्राष्ट्रिय लेखक र पत्रकार केन्द्रले अपिल समेत गरेको छ ।

विज्ञेप्तीको पूरा पाठ –

अन्तर्राष्ट्रिय लेखक र पत्रकार केन्द्र
काठमाडौं , नेपाल
मिति स् १ फेब्रुअरी २०२१

विषय : प्रेस वक्तव्य :

आज सन २०२१ फेब्रुअरी १ का दिन म्यानमारमा सेनाले ‘कू’ गरेर सत्ता हातमा लिएको छ । स्थानीय सगयानुसार सोमबार बिहानैै सेनाले सत्ताधारी पार्टी नेशनल लिग फर डेमोक्रेसीकि नेतृ आङ साङ सूची सहित शीर्ष नेताहरूलाई नियन्त्रणमा लिएर सत्ता आफ्नो हातमा लिएको , सेना समर्थित टेलिभिजनबाट भिडियो जारी गर्दै सेनाले एक वर्षका लागि म्यानमारमा संकटकालक‍ो घोषणा समेत गरेको , गत नोभेम्बरको चुनावमा भएको धाँधलीको जवाफमा नेताहरुलाई पक्राउ गरिएको सेनाले जनाएको , सेनाका प्रमुख मीन आङ हलाइङ्गलाई सत्ताको जिम्मेवारी दिइएको म्यानमार आर्मीले बताएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

गएको नोभेम्बरमा भएको चुनावमा विजयी भएका सांसदहरुसहित तल्लो सदनको पहिलो बैठक सोमबारका लागि बोलाइएको बेला सूचिसहितका नेताहरुलाई पक्राउ गरि सेनाले सत्ता हत्याएको , शुचि पकाउ परेसंगै राजधानी सहित म्यानमारको प्रमुख शहरमा इन्टरनेट सेवा अवरुद्ध भएको , यस्तै अरु प्रजातन्त्रवादी नेताहरू पनि पकाउ परेको , राजधानी सहितका प्रमुख शहरहरुमा सैनिक ठूलो संख्यामा तैनाथ भएको बीबीसीले जनाएको छ ।

त्यस्तै स्थानीय समयानुसार सोमबार बिहानै सूचीसहित राष्ट्रपति विन मिन्ट र अरु नेताहरुलाई सेनाले पकाउ गरेको एनएलडीका प्रवक्ता मिओ निउन्तले समाचार संस्था रोयटर्सलाई टेलिभिजनमार्फत बताएका , राजधानी सहितका शहरमा टेलिफोन सेवा पनि अवरुद्ध भएको , सेनाले विभिन्न राज्यका मुख्यमन्त्रीहरुलाई पनि उनीहरूकै घरबाट पकाउ गरेको पक्राउ परेका प्रवक्ता मिओले बताएका छन् ।

यसरी सैनिक  ‘कू’ गरी म्यानमारका सेनाले सिमित प्रजातन्त्रको घाँटी निमोटेर म्यानमारमा स्वयतआतंक मच्चाउदै एक वर्ष सम्म संकटकालको घोषणा गरेर मुलुकलाई अन्धकारमा धकेल्ने , इन्टरनेट , टेलिफोन जस्ता सञ्चार संस्थाहरुमाथि प्रतिबन्ध लगाउने र म्यानमारका जनाएको मौलिक तथा प्रजातान्त्रिक हक अधिकारमाथि म्यानमारको सेनाले गरेको उक्त सैनिक ‘कू’ प्रति संसारभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन हाम्रो अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र घोर भ्रत्ससहना र विरोध गर्दछ र मुलुकलाई तुरुन्तै प्रजातान्त्रिक प्रक्रियामा फिर्ता गर्न र नेतृ आङ साङ सूचीसहित पक्राउ गरिएका सम्पूर्ण नेताहरूलाई विनासर्त तुरुन्त रिहा गरि प्रजातन्त्रको पूर्ण समर्थन र सम्मान गर्न हाम्रो संगठनले म्यानमारको सेनालाई आग्रह गर्दछ ।

साथै संसारभर क्रियाशील क्रान्तिकारी लेखक, पत्रकार , साहित्यकार तथा कलमजीवि वर्ग र सम्पूर्ण प्रजातन्त्रप्रति आस्थावान जनसमुदायलाई म्यानमारको सेनाले चालेको फासीवादी सैनिक ‘कू’ का सबै हर्कतहरुलाई अविलम्ब फिर्ता लिई म्यानमारमा प्रजातान्त्रिक व्यवस्थाको पुनर्वहाली गराउन आ-आफ्नो देश र स्थानबाट आवाज बुलन्द गर्न हाम्रो प्यारो संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र हार्दिक अपिल गर्दछ ।

मिति : १ फेब्रुअरी २०२१
(हस्तबहादुर केसी)
अध्यक्ष
अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र
केन्द्रीय कार्यालय , काठमाडौं , नेपाल

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार