चीनमा अबदेखि स्कुलका विद्यार्थीहरुले मोवाईल बोेक्न नपाउने भएका छन् । चीनले स्कुले विद्यार्थीलाई मोबाइल फोन बोक्न प्रतिबन्ध लगाएको हो ।

चीनको शिक्षा मन्त्रालयले प्राथमिक र माध्यामिक विद्यालयका विद्यार्थीलाई मोबाइल बोक्न रोक लगाएको त्यहाँका सञ्चारमाध्यमले जनाएको छ ।

चीनको शिक्षा मन्त्रालयको अनुसार इन्टरनेट र गेमको लत छुटाएर विद्यार्थीको ध्यान पढाइमा केन्द्रीत गराउन यस्तो कदम चालिएको हो ।

कुनै विद्यार्थीले मोबाइल विद्यालयमा ल्याउनै पर्ने भए अभिभावक र विद्यालयको पूर्वस्वीकृति लिनु पर्नेछ र कक्षामा हुँदा फोन विद्यालय प्रशासनलाई बुझाउनु पर्ने उल्लेख छ ।

मन्त्रालयले यो प्रतिबन्ध तत्कालै लागू हुने बताएको छ। मन्त्रालयको निर्देशनमा विद्यार्थीको भौतिकदेखि मानसिक स्वास्थ्यको रक्षा गर्न यो कदम चालिएको जनाईएको छ ।

सन् २०१९ को तथ्यांकअनुसार चीनमा १८ वर्षमुनिका इन्टरनेट प्रयोगकर्ता १७ करोड ५० लाख थिए। तीमध्ये ७४ प्रतिशतले आफ्नै फोन बोक्ने गरेका थिए।

शिक्षकहरूले पनि मोबाइलबाट गृहकार्य दिन नपाउने मन्त्रालयले नियम ल्याएको जनाएको छ । एजेन्सी

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार