प्रधानमन्त्री केपी शार्मा ओलीले प्रचण्ड–माधव समूहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दुई वर्षका लागि प्रधानमन्त्री बन्न प्रस्ताव गरेको बताएका छन् ।

नेपाल भुमिहिन सुकुम्बासी संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव समूहले देउवालाई प्रधानमन्त्री बन्न आग्रह गरेको बताएका हुन ।

सभापति देउवा र नेकपा अध्यक्ष माधवकुमार नेपालको भेटवार्ताका क्रममा अध्यक्ष नेपालले देउवालाई प्रधानमन्त्रीको लागि प्रस्ताव गरेको ओलीले आरोप लगाएका हुन ।

प्रधानमन्त्री ओलीले भने– ‘अस्ति माधव नेपाल १८ गते शेरबहादुर देउवाजीकाँ गका थिए । रामका अगाडी हनुमान घुँडा टेकेर प्रणाम गर्छन् नि माधव त्यसरी नै बसेका थिए । अब दुई वर्षको प्रधामन्त्री तपाई नै हो । तपाईलाई नै दिन्छौं । दुई वर्षको प्रधानमन्त्री खानुस लेखेर दिन्छौं । सही गरेर दिन्छौं भनेर निस्के ।’

यसबारे प्रचण्ड माधव समुहले बाहिर कुनैं अभिव्यक्ति भने दिएको छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार