डबल नेकपाको प्रचण्ड माधव समुहले बिहीबारका लागि घोषणा गरेको आमहड्तालका क्रममा सडकमा उत्रेका सो पार्टीका दर्जनौ नेता कार्यकर्ता पक्राउ परेका छन् ।

यही क्रममा कलंकी क्षेत्रबाट नेतृ अष्टलक्ष्मी शाक्यसहित नेता–कार्यकर्ता पक्राउ परेका छन् । प्रचण्ड–माधव समुहले नेतृ शाक्यलाई कलंकी क्षेत्रको कमान्डर तोकेको थियो । प्रहरीले कलंकी क्षेत्रबाट ८ जनालाई पक्राउ गरिएको जानकारी दिएको छ ।

प्रहरीका अनुसार हालसम्म बन्द गराउँदै हिँडेका सोह्रखुट्टे क्षेत्रबाट १३ जना, महाराजगञ्जबाट १० र नयाँ बानेश्वरबाट ४ जना पक्राउ परेका छन् ।

यसैगरी सो पार्टीका युवा नेता दीपशिखासहित नेता कार्यकर्ताहरु गोंगबु क्षेत्रबाट पक्राउ परेका छन् ।

प्रहरीका अनुसार हालसम्म बन्द गराउँदै हिँडेका सोह्रखुट्टे क्षेत्रबाट १३ जना, महाराजगञ्जबाट १० र नयाँ बानेश्वरबाट ४ जना पक्राउ परेका छन् ।

गृहमन्त्रालयले बुधबार नै विज्ञप्ति जारी गर्दै निर्वाधरुपमा यातायात–व्यवसाय सञ्चालन गर्न आग्रह गरेको थियो । बिहीबार बिहानैदेखि बन्द गर्न हिँडेका प्रचण्ड–नेपाल समूहका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरिरहेको छ ।

यता, बिहीबार बिहानै गोंगबुमा एउटा ट्याक्सीमाथि आगजनीसमेत भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार