सरकारी नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहले आज (शुक्रबार) काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछ।

शुक्रबार दिउँसो नारायणहिटी संग्रहालयअगाडि हुने शक्ति प्रदर्शन (जनसभा)मा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने छन्।

प्रधानमन्त्रीले आजको सम्बोधनमार्फत विशेष नयाँ कुरा बताउने दाबी उनीपक्षीय नेताहरुले गर्दै आएका छन्।

प्रतिनिधिसभा विघटन भएपछि नेकपाको (प्रचण्ड–नेपाल) समूहले चरणवद्ध आन्दोलन गरिरहेकाे छ। त्यसक्रममा काठमाडौँमा बृहतसभा गरिएको थियो।

त्यसपछि प्रधानमन्त्री ओली नेतृत्वको नेकपाले पनि काठमाडौँमै जनसभा गर्न लागेको हो। ओली समूहका नेताहरुले प्रचण्ड–नेपाल समूको जनसभालाई कटाक्ष गर्दै वास्तविक जनसभा माघ २३ (आज) मा देखाउने बताएका थिए।

आजको सभाका लागि विभिन्न जिल्लाबाट ३ लाख मानिस भेला गर्ने ओली समुहका युवा नेता महेश वस्नेतले दाबी गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार