केपी ओली समुहका नेता एवं गृहमन्त्री रामबहादुर थापा बादलले अर्को समुहका नेतृत्व गरेको प्रचण्डलाई लक्षित गर्दै कडा चेतावनी दिएका छन् ।
काठमाडौंमा आयोजित ओली समुहको शक्ति प्रदर्शनपछिको सभालाई संवोधन गर्दै बादलले प्रचण्डले गर्न खोजेको माशंहारी आन्दोलनलाई दमन गरेर निस्तेज पार्ने चेतावनी दिएका हुन् ।
जसले मांशहारी आन्दोलन गर्न खोज्दैछन् उनीहरु अपराधी हुन्, तिनीहरुलाई जावलाखेलको चिडियाँखानामा लगेर बन्द गर्नेछौं । बादलले भने, उनीहरुलाई जनताले उचित दण्ड दिनेछन् ।
आज सिंगो देश चुनावनमा होमिएको भन्दैं त्यो चुनावले मात्र देशलाई रोक्ने बादलको दाबी छ ।








