
सहिद
कति शक्तिशाली
त्यो सपना र यात्रा
तिम्रा हाडखोरहरु हराए
तिम्रा भौतिक अवशेष हराए
तर, तिम्रा सपनाहरुले
अहिले पनि दुनियाँलाई
हल्लाइरहेका छन्
तिमीले चालेका पाहिलाहरु
कति शक्तिशाली
तिम्रो भौतिक शरीर त नष्ट भयो
तर तिमीले हिंडेका बाटोहरु
तिमीले पच्छ्याएका गोरेटोहरु
तिमीले उत्घाटन गरेको त्यो महान् यात्रा
अहिले पनि दुश्मनहरुको
चिहान बनिरहेको छ
सहिद !
तिमीहरुनै यो दुनियाको
महामानव हौ
तिमीहरुनै यो दुनियाको
सर्वश्रेष्ठ मानवहरु हौ ।
जो मरेर पनि हरेक मनहरुमा
हरेक उत्पीडितहरुमा
हरेक दुखहरुमा
जीवित नजर आउँछ
जो जीवित छ सदा सर्वदा
सहिद कहिलै मर्दैनन्
मरेका हुँदैननन् ।।







