नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले प्रधानमन्त्री केपी ओलीले संकटकाल लगाएर निर्वाचनमा जान खोजेको खुलासा गरेका छन् ।

उनले भने,–‘अहिले हामी अत्यन्तै जोखिमपूर्ण अवस्थामा छौं । देशको अवस्था यस्तो छ कि निकट भविष्यमा के हुन्छ ? भन्नेपनि थाहा छैन् । यो अन्यौलग्रस्त र डरलाग्दो स्थिति हो । हामी जनताले धोकामात्रै पायौं । नेकपाका नेताहरुले ठूलो पाप गरे । केही काम गरेनन् ।’

आज (शनिरबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै डा. दिक्षितले आफूहरु जनताले नेकपा नेताहरुको पदीय भागबण्डा र लोभका कारण धोका पाएको भएपनि प्रचण्डको ग्रुपले चाहीँ ओली नमरिदिएकोले धोका पाएको भन्दै कडा टिप्पणी गरे ।

दिक्षितले प्रधानमन्त्री ओली संकटकाल लगाएर भएपनि निर्वाचनमा जाने सुनाए । चुनाव हुने भयो भने कोही पनि पाँच वर्षको लागि बाहिर नबस्ने भन्दै सबै दल निर्वाचनमा जाने पनि उनले दाबी गरे । भोलि राष्ट्रपतीय शासन लागु भएपनि त्यो ओली नै शासन गर्ने पनि उनले सुनाए ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार